१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगर इको पार्क बनाउदै


११ श्रावण २०७७, आइतबार  

0
Shares


११ साउन ०७७,काठमाडौं। काठमाडौं महानगरले सामाकोशीमा इको पार्क निर्माण गर्ने भएको छ ।
वडा नं ३ का वडाध्यक्ष दीपक केसीका अनुसार पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य छ । बाँकी दोस्रो चरणमा काम गरिनेछ । कामपा शहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । “भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ”, डिजाइन टिमका इञ्जीनियर नीलिमा थापा श्रेष्ठले भनिन्, “पहिलोपटक म त्यहाँ पुग्दा चराहरुको चिरकिर आवाज, रुखकिरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इकोपार्क राखेका हौँ ।”
उद्यान निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नं ३, बूढानीलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिकाको वडा नं ४ को सिमानामा छ । यहाँ उद्यान बनाउने करिब रु दुई करोड ५० लाखको लागत अनुमान गरिएको वडा नं ३ का वडाध्यक्ष दीपक केसीले बताए ।
उद्यानमा किरियापुत्री भवन पनि बन्नेछ । जीवनमा सबैभन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकाले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको कामपाको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताए । उनले बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट विनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो हुँदैन भने ।

उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकाले थिति बसाउनमै समय लागेको बताए । उहाँले १८ वर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो नभएकोले चर्चा गरे ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ०० बजे