१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ टाहाखेल सडकमा गाडी पार्क गर्न निषेध


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


२२ साउन ०७७, ललितपुर । चापागाँउ टाहाखेल सडकमा गाडी पार्क गर्न निषेध गरिएको छ । गोदावरी नगरपालिकाले विहबिार सूचना प्रकाशित गरेर यस ठाँउमा गाडी रोक्न निषेध गरेको जानकारी दिएको हो ।
टाहाखेल चापागाँउ सडक चौडा गरेपछि खुला सडकमा लेले नल्लु क्षेत्रबाट ल्याएको ढुंगा गिटीका गाडी सधैजसो लस्करै पार्क गरिएको हुन्छ ।
सडकको दुवै किनारामा गाडी पार्किङ्क गरेको भन्दै स्थानीयबासीले विरोध गरेपछि बाध्य भएर पार्क गर्न निषेध गर्दै नगरपालिकाले सूचना निकालेको हो । नगरपालिकाले यहाँ गाडी पाकिङ्ग गरे कारवाही गर्ने जनाएको छ ।
यहाँको सडकमा गरिएकाृ अनावश्यक पार्किङ्कका कारण दुर्घटना बढेको छ । भने पैदलयात्रुलाई हिडडुल गर्न अप्ठ्यारो छ । फुटपाथको समेत व्यवस्था नहुँदा गाडी पार्किङ्क गर्दा सर्वसाधारण बीच सडकबाटै हिड्नु पर्ने बाध्यता छ ।
विहीबार यो सडकमा मोटर साइकल र स्कुटर ठोकिदा चालकहरु घाइते भउकाले सथानीयबासीहरुले अनावश्यक पार्किङ्ग रोक्न माग गर्दै प्रर्दशन गरेका थिए ।
यस क्षेत्रमा होलसेल पसलहरु रहेकोले पनि सधैजसो गाडी पार्क गरेर राखिएको हुन्छ । यहाँका होलसेल किराना पसल, हार्डवयर पसलमा दैनिक जसो १६ चक्के गाडी आउनेहुँदा सामान लोड अनलोड गर्न सडकमै पार्किङ्कस्थल बनाउने गरेको छ । एक स्थानीयले ट्राफिक प्रहरीले कहिले काँही पाकिङ्क गरेको गाडीलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरिएको भए पनि धेरैजसो नदेखे झैं गरेर हिड्ने गरेको बताए । उनले भने, यहाँका पसलेले सडक हडपेर व्यापार गरिरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।