१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउको भाँगावनमा खानेपानी ट्याङ्की निर्माण


२५ श्रावण २०७७, आइतबार  

0
Shares

ट्याकि उद्घाटन गर्ने क्रममा प्रदेश सासंद चेतनाथ संजेल पानीको धारा खोल्दै ।

२५ साउन ०७७, चापागाँउ । (रासस) ः गोदावरी नगरपालिका चापागाँउस्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को बजेटबाट यो ट्याङ्की निर्माण सम्पन्न भएको हो ।
ट्याङ्की निर्माण र वितरणका लागि हालसम्म रु नौ लाख ४० हजार खर्च भएको भाँगावन पर्यटन विकास समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताएका छन् । घिमिरेले भने, “भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान र वनभोजस्थल निर्माण गर्ने उद्देश्यका साथ हामीले टाहाखेलदेखि सिँढी निर्माणको काम धमाधम गरिरहेका छाँै ।” गतआर्थिक वर्षमा वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट विनियोजित रु ३० लाखले हालसम्म आधा बाटो सिँढी निर्माणको काम सम्पन्न गरिसकेको घिमिरेले जानकारी दिएका छन् ।
“ट्याङ्कीको पानी हाल भने वरिपरि भइरहेको विकास निर्माणका कामका प्रयोग गर्नुका साथै नजिकै रहेका सुकुम्वासी बस्ती र वडा नं ६ फौडोलका जनतालाई समेत वितरण गर्ने भएका छाँै”, उनले भने, “कान्ति राजपथबाट भाँगावनको शिरमा पुग्न ८७५ मिटर उचाइ पार गर्नुपर्छ ।” सो स्थललाई रमणीय र हराभरा बनाउन दाताको सहयोगमा १८ देखि २० वटा कुर्ची र ट्रष्ट हाल्ने काम पनि छिट्टै शुरु गरिने छ ।
ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले शनिबार उक्त ट्याङ्कीको शुभारम्भ गर्दै गोदावरी विकासमा यी विभिन्न योजनाले निकै सहयोग पु¥याउने औँल्याएका छन् । सञ्जेलले भने, “यस क्षेत्रमा धार्मिक, पर्यटनका साथै कृषि क्षेत्र विकासका लागि हामी दिनरात खटेको छौँ ।” वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले अरुले औँला ठड्याउन नसक्ने गरी उपभोक्ता समितिले काम गरेकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : १९ बजे