१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण


२८ श्रावण २०७७, बुधबार  

0
Shares

 

२८ साउन ०७७, ललितपुर । बुधबार ललितपुर जिल्लाभरबाट ४ जनामा कोरोना संक्रमण फेला परेको छ । ६ वटा स्थानीय तह रहेको यस जिल्लामा ललितपुर महानगरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ३२ बर्षिय १ स्थानीय बासिन्दाबाहेक ललितपुरमा अन्य ३ जना जिल्लाबाहिरबाट यहाँ बस्न आएका व्यक्तिहरु छन् । यी बाहेक २ जना २६ बर्षिय युवा र अर्का एक जना ६७ बषिय बृद्धलाई कोरोना संक्रमण देखिएको हो ।
जिल्लामा अहिलेसम्म १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार यी मध्ये १ सय २४ जना पुरुष छन् भने ५९ जना महिला संक्रमित छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३६ बजे