१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कान्तिलोकपथको पहिरो, एक घाइते,२ गाडी पुरियो(अपडेट)


७ आश्विन २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

७ असोज ०७७,भट्टेडाँडा । कान्तिलोकपथ अन्र्तगत ललितपुर भट्टेडाँडा पाङ्गदुर भन्ने ठाँउमा पहिरो जादा एक घाइते भएका छन् ।
सडकको दुबैतर्फ पहिरो खसेको इलाका प्रहरी कार्यालय भट्टेडाँडाका सई सन्तोष बरालले ललितपुर खबरलाई बताए ।
बरालका अनुसार सडकको दुवैतर्फ पहिरो गएकाले ५÷६ जना फसेको खबर छ । फसेकोमध्ये एक जनाको पहिरोमा परेर खुट्टा भाँचिएको छ ।
दुवैतर्फ निरन्तर पहिरो गएकाले उद्दार गर्न सकिएको छैन । प्रहरी सहित उद्दार टोली नजिकै उद्दारका लागि बसिरहेका छन् ।
पहिरोमा परेर २ वटा टिपर र १ मोटरसाइकल पुरिएको बरालले बताएका छन् ।

ललितपुर १ का संघीय सासंद नवराज सिलवालले प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट उद्धार गर्न प्रयास गरिएको भए पनि सम्भव नभएको बताए । सासंद सिलवालले भने, ‘भट्टेडाँडा अस्पतालबाट डाक्टर घटनास्थलमा लगिएको र पहिरो झर्न रोकिएपछि उद्दार गरि तत्काल उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।’

भट्टेडाँडा अस्पतालका स्वास्थ्यकर्मी राजकुमार सापकोटा सहितको स्थानीयबासीले भर्खरै पहिरोमा फसेका ५ जना युवाहरुको उद्दार गरेका छन् ।
घाइते युवाहरुमा ललितपुर लेले शिखर्पा निवासी कुमार नगरकोटीको खुट्टामा पट्टी बाँधेर स्टेचरमा बोकेर मासखोला भन्ने ठाँउमा लगेर आराम गराइएको छ । स्वास्थ्यकर्मी सापकोटाका अनुसार भट्टेडाँडा निवासी केशव विक समेत सामान्य घाइते छन् ।

उद्धार गरिएकाहरुमा कुमार नगरकोटी ३३ बर्ष,केशव विक २५ बर्ष,सुरेन्द्र थापामगर २० बर्ष, सारुख आलक २६ बर्ष,सागर घले २४ वर्ष रहेको भट्टेडाँडा अस्पतालका स्वास्थ्य संयोजक सापकोटाले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : १५ बजे