१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेललगायत राजधानीमा सस्तो पसल सुरु


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर ः ललितपुरको जावाखेलमा सञ्चालित ससतो पसलमा किनमेल गर्दै महिलाहरु

१५ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकाको प्रयागपोखरी, जावलाखेल लगायत विभिन्न ४९ ठाँउमा सुपथ मूल्य पसल सुरु भएको छ ।
साल्ट टे«डिङ कर्पोरेशन प्रालि, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले संयुक्त रुपमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शहरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरु गरेका हुन् । तीन संस्थाले दशैँतिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यन्न उपलब्ध गराउन पसल शुरु गरेको बताएका छन् ।
राजधानी काठमाडौंको रामशाहपथ, थापाथली, कालीमाटी, कोटेश्वर, टेकु, भक्तपुरलगायत स्थानमा बिक्री कक्ष छन् । उपत्यका बाहिर ४९ स्थानमा पसल सञ्चालित छ । यी स्थानमा तीनै संस्थाले आआफ्ना सामानको फरकफरक कक्ष राखेका छन् । यी संस्थाले विगत वर्षदेखि नै चाडपर्वलाई लक्ष्य गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएका छन् ।

ती संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेको खाद्य व्यवस्था कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिएका छन् । खनालका अनुसार प्रत्येक खाद्यान्नमा प्रतिकिलो झण्डै रु पाँचसम्म छुट दिइएको छ । उनले भने, “हामीले चामल, सिमी, फापरलगायतका सबै खाद्यान्नमा छुट गरेका छौँ, साल्ट ट्रेडिङ र डिडिसीले पनि छुट गरेका छन् ।”
नेपालमा कारोनाको सङ्क्रमण बढिरहेकाले त्यसबाट बचेर सामान खरीदबिक्री गर्ने व्यवस्था मिलाइएको खनालले जानकारी दिए । सबै स्थानमा सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, “उपभोक्ता आफैँ पनि सजग हुन खाँचो छ ।”
कम्पनीले यस वर्ष सहुलियत पसल सञ्चालन गर्दा झण्डै रु २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । गत आवमा १७ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो । कोरोनाको रोकथामका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै कम्पनीले ‘होम डेलिभरी’ समेत शुरु गरेको छ । सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्ष्य गरेर ‘होम डेलिभरी’ शुरु गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ३९ बजे