१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यस्तो छ – ललितपुरमा कोरोना भाइरसको नालीबेली


२० आश्विन २०७७, मंगलबार  

0
Shares


२० असोज ०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २ सय ६२ पुगेको छ । कोरोना निको भई घर फर्कनेको सङ्ख्या भने एक हजार ८ सय ३ रहेको छ ।
ललितपुर जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४ सय ३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन् । गेलालले भने, “स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो ।” त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए ।
१. ललितपुर महानगर
ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९ सय ८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय सङ्क्रमित ८ सय ७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महर्जनले भने, “सक्रिय सङ्क्रमितमध्ये ८ सय १२ होम आइसोलेसनमा र ६७ जना अस्पतालमा छन् ।”
२.गोदावरी नगर
गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या २ सय ३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १ सय ३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ जना छन्
गोदावरीमा अहिलेसम्म तीन जनाको निधन भएको नगरपालिकाले जनाएको छ ।
३.महालक्ष्मी नगर
महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४ सय ८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २ सय रहेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । पोखरेलले भने, “सक्रिय सङ्क्रमित १ सय ७१ मध्ये २२ अस्पताल र १ सय ४९ होम आइसोलेसनमा छन् ।”
४.महाँकाल गाँउपालिका
महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको छ भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए
५.कोञ्ज्योसोम गाउँपालिका
कोञ्ज्योसोम गाउँपालिकामा कूल सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको गाँउपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर महतोले बताएका छन् ।
६.वागमती गाँउपालिका
वाग्मती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको नवराज तिमिल्सिनाले बताएका छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २ सय २१ आइसोलेसन र ४ सय ८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ०३ बजे