१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरपालिकाका बडा कार्यालयहरु बन्द


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, ललितपुर ः असोज २० देखि २७ गतेसम्मका लागि ललितपुर महानगरको वडा नं. ८ को कार्यालय र १९ गतेदेखि एक हप्ताका लागि वडा नं. १९ का वडाकार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी दिएका छन् ।
वडामा कोभिड सङ्क्रमित बढेसँँगै बिहीबारदेखि २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको २० नंका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताएका छन् । भने, “आउँदो आइतबारसम्म सङ्क्रमितको सङ्ख्या नियाल्छाँै र त्यसपछि पनि थप बढेको बढै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछाँै ।” अन्य केही वडाध्यक्ष पनि कोरोनाको शिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्काे सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ ।
अष्टमातृका र मानमानेश्वरीको खड्गजात्रामा विधिवत् पूजा मात्र
पाटनमा मनाइने अष्टमातृका नाच र विशेष बडादशैंँमा मनाइने मानमानेश्वरी भवानीको खड्गजात्रामा यस वर्ष विधिवत् पूजा मात्र गरिने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज जारी गरेको सूचनामा ती पर्वमा भीडभाड हुने गरी बाजागाजा बजाउने, जम्मा हुने काम नगरिने उल्लेख छ ।
धार्मिक परम्परानुसार गरिदैँ आएको विधिवत् पूजालाई निरन्तरता दिइने र अन्य उत्सव नगर्ने निर्र्णय गुठी संस्थान शाखा कार्यालय ललितपुर, जात्रा र पर्वसँग सम्बन्धित सरोकार संस्था र स्थानीय गुठीयारसँग बैठक बसी गरिएको महर्जनद्वारा जारी पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : १९ बजे