१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा दशैँ नजिकिएसँगै बजार अनुगमन तीव्र


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, भक्तपुर । दशैँ नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमन तीव्र पारेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, खाद्य विभागको अनुज्ञापत्र नलिएको, खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु नवीकरण नगरेको तथा म्याद जुग्रेको सामान बिक्री गरेको पाइएको उनले जानकारी दिए । त्यस्ता पसलहरुबाट सामान जफत, अखाद्य र म्याद गुज्रेका सामान नष्ट गर्दै पसल नवीकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राख्न, मूल्य सूची राख्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुमा मिसावट गरिएको, म्याद गुज्रेका सामानमा नयाँ ट्याग राखेर बिक्री गरेको, म्याद गुज्रेको सामान बिक्रीमा राखेको र अखाद्य वस्तुहरुको बिक्री भएको गुनासो आएपछि नगरपालिकाले अनुगमनलाई तीब्र पारेको संयोजक गोराले जानकारी दिएका छन् । नगरपालिकाले लान्चाफल्चा, कमलविनायक, च्याम्हासिंहलगायतका क्षेत्रको २४ वटा पसलको अनुगमन गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ४९ बजे