१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यस्तो छ- ललितपुरमा कोरोना भाइरसको नालीबेली


२५ आश्विन २०७७, आइतबार  

0
Shares


सुभानु आचार्य
२५ असोज ०७७, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४ सय ९४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १ सय ८६ पुगेको छ ।
यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २ सय ६३ र मृतकको सङ्ख्या ४५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिएका छन् । गेलालले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका छन् यही कारणले यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।”
महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाँै”, उनले थपे,, “कोरोना सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।”
लपु महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय १ पुगेकामा निको भर्ई डिस्चार्ज हुनेको सङख्या एक हजार ३ सय ४० पुगेको र सक्रिय सङ्क्रमित एक हजार २ सय ३१ पुगेकामा होम आइसोलेसनमा एक हजार १ सय ५० र बिभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिइन् । उनले भनिन्, “शनिवार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।”
ललितपुर महानगरपालिकामा मात्रै अलिेसम्म ३० जनाले कोरोनाका कारण मृत्यु भइसकेको छ ।
वडाका विभिन्न काममा लागिपर्दा महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसिरहेका छन् ।
महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ ।
गतबुधबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । उनले अहिले घरबाटै महानगरपालिकाको काम गरिरहनुभएका प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी दिए ।
महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ५ सय ४३ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्तभर्ई स्वास्थ्यलाभ गर्ने २ सय ५५, सक्रिय सङ्क्रमित २ सय ८५ यीमध्ये होम आइसोलेसनमा २ सय ६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।
उनका अनुसार यस नगरमा कोरोनाका कारण अहिलेसम्म तीन सङ्क्रमितको मृत्यु भर्ईसकेको छ ।”
गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएका थिए ।
यस नगरपालिकाले कोरोना सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताए । “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उनले भने, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन सङ्क्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।”
गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या १ सय ५१, होम आइसोलेसनमा रहनेहरू १ सय ३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ, । यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेकोे छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना सङ्क्रमण मुक्त भएका थिए ।
कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताए ।
वाग्मती गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले बताए ।
महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भने, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छाँै ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्यु भएको छैन ।
राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ३२ बजे