१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकाविहानै काठमाडौंको यी ठाँउमा हुदैछ विद्युत् अवरुद्ध


२७ आश्विन २०७७, मंगलबार  

0
Shares

२७ असोज ०७७, काठमाडौं । मंगलबार भिमसेनस्थान फिडर, कालीमाटी फिडर र टेकु फिडरको विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले दिएको जानकारी अनुसार त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडीबाट पंचली भैरव, उद्योग वाणिन्य महासंघ, टेकुचोक बाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपर मार्केट अगाडी सम्म, टेकु वंशीमार्ग, सुकुमबासी जाने बाटो सम्म ,कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पीटल अगाडी, टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोक, ढल्कोचोक सम्म,भिमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरपटी,काठमाण्डौं विजनेश पार्क हुदैं १२ नं. वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भिमसेनस्थान, सरुगल्लीको ट्रान्सफरमर सम्म मंगलबार विहान ६ः ३० बजेदेखि विहान १० बजेसम्म ति फिडरहरू सटडाउनमा राखी काम गर्नु पर्ने भएकाले ती क्षेत्रहरुमा विद्य्त अवरुद्ध हुने जनाएको छ । समय अगावै काम सकिएको खण्डमा लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : १५ बजे