१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानी काठमाडौंमा १ हजार ४ सय संक्रमित


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२८ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जना संक्रमित भेटिएका छ । स्वास्थ्य मन्त्रालयण्मा आयोजित नियमित पत्रकार सम्मेलनमा बुधबार साँझ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुर जिल्लामा ३ सय ५ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए । गएको २४ घण्टमा २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
अहिलेसम्म देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ ।
संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ जना रहेका छ भने होम आइसोलेसनमा २१ हजार ५ सय ४८ जना रहेका छन् ।
कोरोना भाइरस संक्रमण निको भई २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ४८ बजे