१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको कोञ्ज्योसोमका तीन दिने शिशुमा कोरोना पोजेटिभ


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

२९ असोज ०७७, ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो । उहाँले भन्नुभयो, “यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला सङ्ख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।” कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महत्वले जानकारी गराउनुभयो ।
दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा पनि एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : २१ बजे