१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना


१३ कार्तिक २०७७, बिहिबार  

0
Shares


१३ कात्तिक ०७७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६ सय ६७ पुरुष र ५ सय ९२ महिलामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४ सय ४६ पुरुष र ३ सय ९७ महिला गरी ८४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिउका छन् ।
नगरपालिकामा हाल २ सय १२ पुरुष र १ सय ८७ महिला गरी ३ सय ९९ सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा २ सय ३ पुरुष र १ सय ७६ महिला गरी ३ सय ७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।
कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक हजार ५ सय २८ पुरुष र एक हजार ४ सय ४ महिला गरी दुई हजार ९ सय ३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।