११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तीनथाना–किर्तिपुर पुल बन्दै


४ पुस २०७७, शनिबार  

0
Shares

४ पुस ०७७, काठमाडौं । तीनथाना–किर्तिपुर जोड्ने पुलको निर्माण हुने भएको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वशन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गर्ने क्रममा पुल निर्माणको काम तथासिघ्र गर्त निर्देशन दिएपछि निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भैसक्ने बताएका हुन् ।
मन्त्री नेम्वाङले कुनैपनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका सिलान्यास गर्नेगरी पुल निर्माण गर्न निर्देशन दिएका हुन् ।
बिसं २०७८ साल अघि उद्घाटन गर्नेगरी द्रुतगतिमा काम शुरु गर्नुस, कामदार कम देखिएको छ जुनसुकै हालतमा यो वर्षे नकटाउन –निर्देशन दिए ।

दुवै मन्त्रीले शुक्रबार निर्माणाधिन अवस्थामा रहेको तीनथाना र किर्तिपुर जोड्ने निर्माणाधिन पुल र चन्द्रागिरी नगरपालिका–१५ निर्माणाधिन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गरेका थिए ।
दुवैमन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन ‘कुनै बहाना बनाउन पाइदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ–निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो । उहाहरुले नया वर्षमा तीनथाना र किर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए ।
पार्कको अवलोकन गदै मन्त्रीद्धयले यस्तो भीरालो र डरलाग्दो स्थानमा पार्कनिर्माण गरेर वडा र स्थानीयले साहसी काम गरेको बताए । भीराला र पहिरोजाने क्षेत्रलाई व्यवस्थित गरी २७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क चन्द्रागिरी नगरपालिका–१५ वडाको गौरबको योजना भित्र पर्छ । पार्कको बारेमा जानकारी गराउदै वडा अध्यक्ष उत्तमबहादुर रावतले यो पार्कको गुरुयोजना तयार गरी थप विकास गर्नुपर्ने बताए । उनले भने–‘यहा जापानबाट ल्याइएको ५० वटा साकुरा फूलका बोट छन् ।
ढुंङगे भीरलाई व्यवस्थित गरी बुढादेखि बच्चा सम्मलाई हुनेगरी व्यवस्थित बस्ने र खेल्ने क्षेत्रको विकास गरेका छौ । अब पार्कको विकास गर्न योजना तयार गरी बजेट व्यवस्थापन गर्न आग्रह गरेका छौ–मन्त्रीद्धयसंग पार्कको विषयमा जानकारी गराउदै अध्यक्ष रावतले भने ।
अवलोकन भ्रमणमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, वागमती सभ्यता एकिकृत विकास समितिका कार्यकारी अधिकृत नवराज प्याकुरेल सहितको मन्त्रालयको उच्च स्तरीय टोली सहभागि भएका थिए ।
पार्कभित्र जिपल्याण्ड,स्पाइरल स्टेयर,थियटर, मिनिरेल लगायतका मनोरञ्जनका सामाग्री तयारी गर्ने क्रममा रहेको अध्यक्ष रावतको भनाई थियो । लगत्तै शहरी विकास मन्त्री श्रेष्ठले वडा अध्यक्ष र सबै वडावासीको अथक प्रयासले चन्द्रागिरीमा आकर्षित पार्क निर्माण हुन सकेको बताउदै थप विकास आवश्यक रहेको बताएका थिए । भौतिक योजना मन्त्री नेम्वाङले सुन्दर पार्कलाई थप विकास गर्न सरकारले सहयोग गर्ने बताए ।
लगत्तै विष्णुदेवी मन्दीरको विकास निर्माण र गुरुयोजनाको विषयमा छलफल गर्न शहरी विकास मन्त्रालयका सचिव र उच्च स्तरीय टोली सहित विष्णुदेवी मन्दीर परिसर पुग्नुभएका मन्त्री श्रेष्ठले एतिहासिक विष्णुदेवी मन्दीरको गुरुयोजना तयार गरी विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बताए । उनले भने– यो धार्मिक र सांस्कृतिक क्षेत्रलाई व्यवस्थित रुपिमा विकास गर्नु आवश्य छ । खोलाको दोभान, घाट, ड्याम निर्माण लगायतका विषय समेटेर गुरुयोजना बनाइ अघि बढ्नुपर्ने उनको भनाई थियो । मन्त्रालयका सचिव डा. सिहले एतिहसिक विष्णुदेवी मन्दीर क्षेत्रको डिपिआर तयार गरी विकास निर्माण र योजनाका कामलाई क्रमबद्ध रुपमा अघि बढाईने बताए । पार्क र खोला किनाराको समेत योजना बनाएर विकास गर्नेछौ । पार्कको तत्काल योजना बनाएर कार्यान्वयन चरणमा जानेछौ ।
मन्त्री श्रेष्ठले तीनथाना गढी र बुद्धपार्कको निरीक्षण गरी सबै क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने प्रतिबद्धना जनाए । मन्त्री श्रेष्ठले चन्द्रागिरी नगरपालिका १५ वडाका गौरब र अन्य योजनाको बारेमा जानकारी लिएपछि अवलोकनमा गएका थिए ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ४१ बजे