११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ बस्ने रोलक यौन उत्पीडनको आरोपमा पक्राउ


९ पुस २०७७, बिहिबार  

0
Shares


९ पुस ०७७, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने २० वर्षीय रोलकवहादुर थापा यौन उत्पीडनको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी पनि छन् ।
रोलकको स्थायी घर गोरखा सुलिकोट गाउँपालिका ५ बारपाक रहेको छ भने अस्लमको घर मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ पारिजात पथ रहेको प्रहरीले जानकारी दिएको छ ।
महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाइटीबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।
हाल अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको बताइएको छ ।
अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ईमेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिर्ने र दुस्खद हैरानी दिने कार्य गरेको खुल्न आएको छ ।
रोलकले भने फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ छ

पक्राउ परेका अस्लम र रोलकको विस्तृत अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ९ : ४८ बजे