११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर र भक्तपुरमा दुर्घटना, तीन जनाको मृत्यु


१० पुस २०७७, शुक्रबार  

0
Shares

प्रतिकात्मक तस्बिर

१० पुस ०७७, ललितपुर । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
ललितपुरको ग्वार्कोमा गाडीले ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ । बिहीबार बेलुका वाग्मती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोले ठक्कर दिएका हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।
गम्भीर घाइते सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक पक्राउ परेका छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको मृत्यु भएको हो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ४४ बजे