११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नक्कली परीक्षार्थी पनौतीबाट पक्राउ


११ पुस २०७७, शनिबार  

0
Shares


११ पुस ०७७, काठमाडौं । नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक पनौती गाउँपालिका ७ नयाँ बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ७ घर भएका २९ वर्षीय रोज बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ समेतले कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई
प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका १० चितापोलबाट उनलाई पक्राउ गरेको हो ।
तामाङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
समयोगी नगरमा चोरी
काठमाडौं महानगरपालिका ३२ सहयोगीनगर डेरा गरी बस्ने ओखलढुंगा लिसंखु २ घर भएकी ३८ वर्षीया कल्पना कटुवालको कोठाबाट नगद १ लाख ५० हजार रुपैयाँ र करिब ६४ तोला सुनका बिभिन्न गहना समेत गरी करिब ७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका ८ पचासा चोक बस्ने सूर्य रिमालको घरमा कोही नभएको अवस्थामा नगद १ लाख २५ हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंमा लागु औषधसहित पक्राउ
काठमाडौं चन्द्रागिरी नगरपालिका ५ दाउरा डिपोबाट २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिका ८ पालुङ घर भएका १९ वर्षीय आशिष सापकोटालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ९ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित भारत शितामणी बस्ने २७ वर्षीय सरोज कुशवाहा र सर्लाही कौडेना गाउँपालिका २ बस्ने ३६ वर्षीय ताज मोहम्मद मुकेरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मलगंवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७३३५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं गोकर्णश्वर नगरपालिका ६ नारायणटारस्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय २२ एम्पुल डाइजेपाम, २ सय ८८ एम्पुल बुप्रेनोर्फिन र २ सय १३ एम्पुल फेनारगन सहित सोही नगरपालिका ७ बस्ने सुनसरी धरान उपमहानगरपालिका(१० घर भएका ४९ वर्षीय रामकृष्ण गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ५८ बजे