११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा केपी पक्षले भन्यो, ‘सूर्य हाम्रै हो’


११ पुस २०७७, शनिबार  

0
Shares


ललितपुर खबर
११ पुस ०७७, चापागाँउ । प्रधानमन्त्री केपी शर्मा ओलीले हथात संसद विघटन गरेपछि अहिले नेकपामा पक्ष विपक्षको वाद विवाद चलिरहेको छ । यसै क्रममा ललितपुर १ को प्रधानमन्त्री समेत रहेका पहिलो अध्यक्ष केपी ओलीको भेलामा ‘हभागीहरुले सूर्य चिन्द तथा आधिकारिक नेकपा आफूहरु नै रहेको दावी गरे ।
चापागाँउस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नवनियुक्त उर्जामन्त्री टोप बहादुर रायमाझी समेत सहभागी थिए ।


उर्जामन्त्री रायमाझीले महाधिवेशन नभई अर्को पक्षले पार्टी अध्यक्ष माग्न नहुने तर्क गर्दै भने महासचिव र पहिलो अध्यक्ष रहेको आफ्नो पक्ष नै आधिकारिक रहेकाले सूर्य चिन्ह आफूहरुकै रहेको तक गरे ।
निवर्तमान सासंद महेश बस्नेतले सूर्य निन्हमा आँखा नलगाउन अर्को पक्षलाई चेतावनी दिए । उनले भने, ‘सूर्य चिन्ह मात्रै होइन । पार्टीका कार्यालयहरुमा आँखा लगाए पेरिसडाँडा समेत नछोड्दैनौं । हामी पेसिसडाँडामा आँखा लगाउदैनौं ।’
ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आफूहरु नै आधिकारिक भएकाले सूर्य चिन्ह आफ्नो पक्षको हुने दाबी गरे । भने,‘यो निर्वाचित अध्यक्ष रहेको बेलादेखिको सवाल हो । त्यसैले हामीले सूर्य चिन्ह पाउछौं ।’
ललितपुरकी नेतृ सुशीला नेपालले समेत कार्यक्रममा सूर्य चिन्ह आफूहरुले पाउनु पर्ने तर्क पेश गरेकी थिइन् । उनले भनिन्,‘आधिकारीक संस्थापन पक्ष आफूहरु रहेकाले निविवाद सूर्य चिन्ह हामीले पाउछौं ।’
केन्द्रिय सदस्य मधुसुधन पौडेलले समेत सुर्य चिन्हको दावी प्रस्तुत गर्दै भने, ‘सूर्य चिन्ह हाम्रै हो । यसको चिन्ता नलिनुस् ।’

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ४७ बजे