११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेकपा चापागाँउ भेलामा पार्टी एकिकरणको गुनासो


१२ पुस २०७७, आइतबार  

0
Shares


ललितपुर खबर
१२ पुस ०७७, चापागाँउ । शनिबार ललितपुरको चापागाँउमा आयोजित केपी ओली पक्षको भेलामा पार्टी एकीकरणको क्रममा विगतमा भएको तितो मिठो ओकलेका छन् । ललितपुर १ निर्वाचन स्तरिय भेलामा सहभागी नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।


नगर कमिटीका अध्यक्ष ब्रम्हानन्द श्रेष्ठले एकिकरण प्रकृया टुंगाउन गत फागुनमा कार्यादेश पाएर छिटो टंगोमा पु¥याउन र पार्टी व्यवस्थित गर्न अनुरोध गर्दा पुरा नभएको दुखेसो पोखे । उनले भने, ‘अस्थिरताका चाहनेहरुले टुंगाउन चाहेनन् । हामीले माथिबाट पार्टी एकिकरण टुंगाउन सर्कुलर प्राप्त नहुँदा काम गर्न नसकिएन ।’
केन्द्रिय सदस्य मधुसुधन पौडेलले गोदावरीमा पार्टी एकता ठिक ढंगले अघि नबढाउन नदिएको भन्दै आक्रोस पोखे । उनले भने, ‘पार्टी एकीकरणको क्रममा आवश्यकत्ता अनुसार ६०–४०, ५०–५० र ४५–५५ अनुपातमा भागवण्डा गरिएको तर राम्रो काम भएन ।’ उनले पार्टी एकीकरणपछि हरेक ठाँउमा बखेडा झिक्ने गरेको, महाधिवेशन तयारीको काम नभएको र संगठीत सदस्यहरुको रेकर्ड नभएको भन्दै पार्टी लथालिंग बनाएको बताए । गोदावरीमा गतल मान्छे पेश गरेर अप्ठयारोमा पारेको उनको गुनासो थियो ।


निवर्तमान सांसद नवराज सिलवालले ३ वर्षसम्म पार्टी एकताको कार्यभार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको धेरै भूमिका हुनु पर्नेमा त्यसो नभएको गुनासो गरे । भने, ‘यो अवधिमा पार्टी चुस्त दुरुस्त भएन ।’
जिल्ला नेता तथा केन्द्रिय कमिटी सदस्य सुरेन्द्रमोहन शर्माले ललितपुरको तल्लो तहमा एकीकरण राम्रोसँग नहुँदै समस्या आएकोमा जनता निराश बनेका बताए । उनले भने, ‘यो परिस्थिती सामना गरेर जानु पर्ने अवस्था आएको छ ।’


कार्यक्रममा पार्टी एक भएर जाने सम्भावनाको विषयमा समेत बहस भएको थियो । उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पार्टीमा समस्या भए पनि निर्वाचनमा एक भएर जाने सम्भावना रहेको बताए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ०२ बजे