११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा मरेको मृगसहित बस चालक पक्राउ


१२ पुस २०७७, आइतबार  

0
Shares


१२ पुस ०७७, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका ९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१ सय ग्राम सुन जस्तो देखिने पहेलो धातुसहित पक्राउ
काठमाडौं महानगरपालिका(९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको नयाँ पार्किङ एरियाबाट करिब १ सय ग्राम सुन जस्तो देखिने पहेलो धातुको २ थान बाला र नगद ८ लाख ७७ हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका ४० वर्षीय प्रल्हाद थापा र काठमाडौं कीर्तिपुर बस्ने धादिङ ज्वालामुखी गाउँपालिका ३ घर भएका ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उक्त स्थानमा जाँच गर्ने क्रममा भन्सार छलि ल्याउन लागेको उक्त धातु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बुढानिलकण्ठमा दुर्घटना महिलाको मृत्यु
काठमाडौं बुढानिलकण्ठ नगरपालिका ४ स्थित पासिकोट ओरालोमा ना.५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री नुवाकोट सूर्यगडी नगरपालिका(२ घर भएकी ४६ वर्षीया बाटुली देबी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मगरलाई ठक्कर दिई ट्याक्टर समेत दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक रामेछाप मन्थली(७ बस्ने २५ वर्षीय लबु खड्काको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(४ सुकेधारा नजिक गोपिकृष्ण पुलमा बा.२६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबी खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका(५ घर भएका २७ वर्षीय लोक नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका(८ जयबागेश्वरी नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, नागार्जुन नगरपालिका १ रानीवन प्रकृति चोक डेरा गरी बस्ने तारा कटवालको कोठामा बिद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : ५२ बजे