३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं चाबहिलमा सहकारीका कर्मचारीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पाँच पक्राउ


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ पुस ०७७, काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको सहकारी संस्थाका कर्मचारीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगर–२६ नरदेविका २६ वर्षीय अमित तुलाधर, भुरूङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन शाही नेपाली, बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २२ वर्षीय अभय तुलाधर र नरदेवि बस्ने १८ वर्षीय रोहित शाही रहेका छन् ।

महाशाखाका अनुसार उनीहरूले बुधबार दिउँसो ३ बजे काठमाडौं–७ चाबहिलको ए वान क्याफे नजिकै सहकारीका कर्मचारीमाथि लुटपाट गरेका थिए।
उनीहरूले सन्दुस बचत तथा ऋण सहकारी संस्था मैतिदेवीमा मार्केटिङ गर्ने कपनका २५ वर्षीय प्रेम गजमेरमाथि चक्कु प्रहार गरेका थिए।चक्कु प्रहारपछि घाइते बनेका गजमेरको झोलाबाट उनीहरूले एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेका थिए। त्यसपछि उनीहरू स्कुटरमा फरार भएका थिए।

लुटपाट गर्नेहरूको खोजी गर्दै जानेक्रममा प्रहरीले अमितको कोठाबाट २६ हजार ३ सय ४५ रुपैयाँ फेला पारेको छ। त्यस्तै घटनामा प्रयोग भएको बा ५९ प २९५६ नम्बरको स्कुटर पनि बरामद गरेको छ । त्यस्तै, प्रहरीले दुई वटा चक्कु र सहकारीका कागजातहरूपनि फेला पारेको छ। उनीहरूबाट प्रहरीले चोरीका चार वटा स्कुटर र एक मोटरसाइकल पनि बरामद गरेको छ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।