
१७ पुस ०७७, काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्एपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका ४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् ।
उनीहरूले इन्स्टाग्राम र वाट्ए् मपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताई आईफोन ११ मोबाईल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाई दिएको र भन्सार बापत रकम पठाउनु पर्छ भनेर प्रलोभन देखाई पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक(पटक गरी उक्त रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।
खुकुरी प्रहार गरी धनमाल लुटपाट गरेको अभियोगमा ५ जना पक्राउ
काठमाडौं, १७ पुस
काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका २६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका(२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।
उक्त नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सर(सामानहरु पटक पटक चोरी गरेको भन्ने बुझिन आएको छ ।
आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको उक्त महाशाखाले जनाएको छ ।
चन्द्रागिरीबाट लागु औषध सहित २ पक्राउ
चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ६ सय ९० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ भएका १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका ६ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गुडिरहेको टिपरमा आगलागी
काभ्रे, पाँचखाल नगरपालिका ५ लामिडाँडास्थित सडकमा गुडिरहेको बा.४ ख ७३२७ नम्बरको टिपरमा शुक्रबार बिहान आगलागी हुँदा टिपर पूर्ण रुपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धुलिखेलमा एक पुरुष मृत फेला
काभ्रे, धुलिखेल नगरपालिका ८ ठकुरीगाउँस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, भद्रपुर नगरपालिका ५ बस्ने सिताराम मित्रुकाको घर अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया