२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


यसरी बन्यो कालेश्वर मन्दिर


२३ पुस २०७७, बिहिबार  

0
Shares

चरसुन्दर महर्जन
२३ पुस ०७७, कालेश्वर । २०५२ साल अघिसम्म कालेश्वर मन्दिर खुला आकाशमुथि थियो । त्यसताका प्याङ्गगाँउबासीले ढुंगाको गाह्रो लगाएर माथि एक तला ढलान गरेका थिए । प्याङ्गगाँउका चर सुन्दर महर्जनका अनुसार त्यबेला दक्षिण ललितपुर भए। बग्ने बागमती किनारबाट वालुवा ल्याएर मन्दिर ढलान गरिएको थियो ।
यो मन्दिर निमार्ण हुनुअघि शिवलिंगसँगै दर्जनौं त्रिशुल राखिएको थियो ।
२०७१ सालमा आएर महर्जनले कालेश्वर आएर हेर्दा मन्दिर भत्केको अवस्थामा देखे । मन्दिर भत्केको देखेपछि आफूलाई नै लाज लाग्यो । प्याङ्गगाँउमा आएर महर्जनले भेला ढाके । मेलामा गुठीयार,आचाजु,बुद्धिजीवि, नाइके सबै आए । भेलाले मन्दिर निर्माण गर्ने निर्णय ग¥यो ।

कालेश्व्रमो पुरानो मन्दिर ।

प्रत्येक घरबाट १ हजार चन्दा उठाउने निर्णय भयो । सामान किनेपछि मन्दिरसम्म लैजानका लागि प्याङ्गगाँउले आपोपालो कालेश्वर पुगे । त्यसताका ५ हजार र श्रमदान दिने र अन्यले १० हजार दिएपछि शिलापत्रमा नाम लेख्ने निर्णय भयो ।
माँहाकाल,वैतर्णीधाम र कालेश्वर महादेव मन्दिरको मास्टरप्लान बनाएर प्रचार गरेपछि मन्दिरका लागि सबैले बोलाएर चन्दा दिए ।
२०७१ सालको अक्षय तृतीयको दिन पुरानो मन्दिर भत्काएर जग राखियो । त्यस दिन सिनौनका स्थानीयले खिर पकाउदै थिए । मन्दिर भत्काएपछि एकैछिनमा आँधिबेरी चट्याङ्ग पर्न थाल्यो । त्यस दिन पल्लो डाँडामा चट्याङ्ग प¥यो । मन्दिर भत्काउदा दैविशक्तिको कारण त्यस्तो हुन गरेको स्थानीयको विश्वास गर्छन् । आधा घण्टापछि विस्तार आकाश खुलेर घाम लागेपछि मन्दिरको सबै मिलेर जग राखियो ।


यस मन्दिरलाई प्याङ्गगाँउलेको देवता भनेर हेला होचो गरेको महर्जनले दुखेसो पोखे । हाम्रो पहलमा मन्दिर बन्यो । अरु कसैलाई बास्ता भएन ।
कालेश्वर सबै हिन्दुहरुको पवित्र तिर्थ स्थल हो । हामी त एक दिन न कुल देवता मानेर पुजा गर्न आउँछौं । यो धार्मिक स्थल पर्यटकीय स्थल बन्न सके यहाँकै स्थानीयले फाइदा दिने हो ।

कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

मन्दिर बनाउन उ बेला साह्रै गाह्रो थियो । ०७२ सालमा हामीले गिम्दीदेखि बालुवा बोकेर कालेश्वर पु¥याएका थियौं । अहिलेको मन्दिरमा पनि सामान ढुवानी गर्न धेरै खर्च भएको छ । प्याङ्गगाँउबासीको साग र सहयोग नभएको भए मन्दिर यो रुपमा बनाउन धेरै कठीन थियो ।
अहिले पनि मन्दिरको काम सकिएको छैन । व्लक राख्न बाँकी छ । जाने गोरेको बाटो पनि सझिलो छैन ।
कालेश्वर महादेव मन्दिर दक्षिण ललितपुरको ऐतिहासिक पुरातात्विक मन्दिर हो । यसको प्रचार प्रसार हुन सके यस क्षेत्रमा पर्यटन बिकाश गरेर आर्थिक उन्नती गर्न सकिन्छ ।
यो मन्दिरको अति नै सुन्दर ठाँउमा अवस्थित छ । राजधानीको नजिकै रहेको कालेश्वर मन्दिरमा काठमाडौंबासी लाखौं आन्तरिक पर्यटक भित्राउन सकिन्छ । कनाृरम कालिन्चोकको दर्शन गर्न जाने काठमाडौंबासी कसो कालेश्वर नआउलान् ?

महर्जन कालेश्वर मन्दिर पुर्ननिर्माण समितीका संयोजक हुन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ५३ बजे