१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यातयात कार्यालयमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा दलाल पक्राउ


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, काठमाडौं । चन्द्रागीरी नगरपालिका १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा बाँके कोहलपुर नगरपालिका १० घर भएका २४ वर्षीय बालकृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

काठमाडौंको टोखामा चक्कु प्रहार गरी मोबाइल लुटपाट
टोखा नगरपालिका ९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका ६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको छ ।
ती पुरुष समेत २ जनालाई ४/५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले चक्कु प्रहार गरी घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटपाट गरी भागेको थिए लुटपाटको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ । चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।