८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर च्यासलमा दिउँसै लुटपाटकाे आरोपमा चार जना पक्राउ


२४ पुस २०७७, शुक्रबार  

0
Shares


२४ पुस ०७७, च्यासल । ललितपुरको च्यासलमा दिउँसै लुटपाट भएको छ । लुटपाटको आरोपमा प्रहरीले तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ साढे ५ बजे चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका २६ वर्षीय भरत मगर, ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, ३० वर्षीया सुस्मिता डिम्डो र २९ वर्षीया लबिन तामाङ रहेका छन्।

उनीहरूले १३ गते दिउँसो साढे दुई बजेतिर नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा लुटपाट गरेको आरोप छ ।
उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगेका थिए। लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी शुरू गरेको थियो। पक्राउ परेकाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।