११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नागढुंगाबाट चोरीको मोटरसाईकलसहित २ जना पक्राउ


२८ पुस २०७७, मंगलबार  

0
Shares


२८ पुस ०७७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्ग र वर्ष १८ को आईतराज तामाङ्गलाई प्रदेश ३–०२–०११ प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकलसहित पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाडौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं.प्रदेश ३–०२,०१४ प ०३३९ रहेको छन । हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ०० बजे