११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २ सय ७७ सक्रिय संक्रमित(ग्राफमा हेर्नुहोस्)


२८ पुस २०७७, मंगलबार  

0
Shares

२८ पुस ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १५५ महिला र १४४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २२ सय ४१ जना सक्रिय संक्रमित छन् । ललितपुरमा २ सय ७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वामन्त्रालयका अनुसार संक्रमित हुनेमा १७७ महिला र २५३ पुरुषमा संक्रमण देखिएको हो।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । जसमध्ये २ लाख ५९ हजार ३५८ जनाले कोरोना जितेका छन् । मंगलबार थप ३९० जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ । मंगलबार मात्रै थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ। यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३९० जना आइसोलेसनमा छन्।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ५८ बजे