
२२ चैत ०७७,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १३ झरुवारासीस्थित निर्मलराज पौडेलको च्याउ फाममा शनिबार दिउँसो आगलागी भएको छ । महानगरिय बृत्त चापागाँउका अनुसार स्थानीय प्रहरी गाँउले र ललितपुर पुल्चोकस्थित दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।
एक स्थानीयका अनुसार दमकल आइपुग्दा च्याउको फामका सबै च्याउ झुपडी जलिसकेको बताए । उनले भने,‘परालको थुप्रो जल्न बेरै लाग्ने रहेनछ । पानीको व्यवस्थ ागर्न नपाई सबै आगो लाग्यो ।’
पौडेलले च्याउ टिप्दा टिप्दै बिचबाट आगलागी सुरु भएको जानकारी दिए । उनका अनुसार कसैले चुरोट खाँदा खादै फ्याक्दा आगलागी भएको आश.का गरे । आगलागीपछि करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट प्रहरीले जानकारी दिएको छ । आगलागी के कसरी भयो भन्ने सम्बन्धमा खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया