११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठी बस्तीमा चितुवाको आक्रमण, ५ जना घाइते




ललितपुर खबर
३१ चैत ०७७, सुनाकोठी । ललितपुरको सुनाकोठीमा चितुवाको आक्रमणबाट २ प्रहरीसहित ५जना घाइते भएका छन् । ललितपुर सुनाकोठीमा चितुवालाई नियन्त्रणमा लिने क्रममा महानगरिय प्रहरी बृत्त चापागाँउमा कार्यरत प्रहरीहरु राजकुमार कुमाल र लोकराज पाण्डे घाइते भएका हुन् । घाइते हुनेहरुमा हेटौडा बसामाडी देवराज बजु, मकवानपुर फारपरबारीका विराज भोलन, र फापरबारीकै विराज भोलुन छन् ।
प्रहरीको मुख र पातामा घाउ लागेको छ भने चितुवाले युवकहरुको दर्जन र पाखुरा र डाढमा टोक्ने र तिर्थोरेको थियो ।

फाइल तस्विर

सुनाकोठी भ्याली होम नजिकै प्लटिङ्गमा काम गर्ने क्रममा एक्कसी चितुवाले आक्रमण गरेको घाइते देवराजले ललितपुर खबरसँग बताए । उनले भने, ‘काम गरिरहेको बेला चितुवाले एकक्सी गर्दनमा समात्यो । मैले लठ्ठीले हाने ।’
प्लटिङमा २ घण्टासम्म बसेको चितुवा भागेपछि हेर्न जाँदा फेरि २ जना साथीहरुलाई आक्रमण गरेको उनले बताए । आइतबार ३ बजे प्लटिङमा आएको चितुवा राती नजिकै रहेको एक कुखुरा फाममा बसेको र भोलिपल्ट विहान त्याहाबाट अज्ञात स्थलतर्फ गएको प्रहरीले बताएको छ ।
घाइते युवाहरु शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचारपछि घर फर्केका छन् । घाइते भोलुुनले भने, ‘हामीलाई रेविजको सुई दिइएको छ । डाक्टरले ५ बटा लगाउन भनेको छ ।’
चितुवाको आक्रमण पछि घाइतेहरु घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : १२ बजे