१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिस्केट जात्राः दिनभरी जात्रा, बेलुका लिङ्गो ढालिने



१ वैशाख ०७७, भक्तपुर । भक्तपुरमा मनाइने बिस्काः अर्थात बिस्केट जात्राको आज महत्वपुर्ण दिन । आज लिङ्गो ढालिदैछ ।

चैत मसान्तमा ईन्द्रध्वजा सहितको लिङ्गो उठाएर बैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ । भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भिड लागेको छ । चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।

त्यस्तै भक्तपुरको कुम्हा टोलमा मंगलबार दिउँसो हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो बैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिनेछ । त्यस्तै काठमाडौको टोखा साँखुमा पनि बिस्काः जात्रा चलिरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ४४ बजे