१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्युटारमा एक घरमा आगलागी, १५ लाखको क्षति




२ वैशाख ०७७,ललितपुर । दक्षिण ललितपुरको बाग्मती गाउँपालिका ४ गडिभञ्ज्याङ छाप्रेडाँडा प्युटारमा आगलागी भएको छ । प्रहरीका अनुसार बस्ने यस स्थानमा बस्ने ३५ वर्षीय ज्ञान बहादुर लामाको गोठमा कुँडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी भएको हो । आगो गोठबाट फैलिएर सँगै जोडिएको घरमा फैलिएर घर समेत जलेको थियो । आगलागीपछि घरसँगै गोठ, भाँडावर्तन लगायतका विभिन्न सामानहरू जलेर नष्ट भएको थियो । आगलागीपछि करिब १५ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीपछि स्थानीय गाँउलेले आगो निभाउने प्रयास गरे पनि सम्भव भएन । राजधानीको दलमल रहेको स्थान ५५ किलोमिटर दुर्गम क्षेत्रमा आगलागी भएको हुँदा दमकल पुग्न सकेन ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : १२ बजे