
२ वैशाख ०७७, काठमाडौं । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका ६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया