१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चोरीपछि अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति ललितपुरलाई फिर्ता



३ वैशाख ०७७, ललितपुर । नेपालबाट चोरीएको लक्ष्मी नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेपछि नेपाल आइपुगेको छ ।
विहीबार अमेरिकी दुतावासले लक्ष्मी–नारायणको मूर्ति ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई एक कार्याक्रमको आयोजना गरेर औपचारिक रुपमा फिर्ता दिएको हो ।
नेपाली विभिन्न निकायहरू, नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको ट्रान्सपोर्ट सहयोगमा यो मूर्ति बिहिबार नेपाल आइपुगेको छ ।
‘ऐतिहासिक लक्ष्मी–नारायणको मूर्तिलाई आफ्नो पहिलेकै स्थानमा पुर्नस्थापित गर्नेभन्दा उत्तम उपाय के हुनसक्ला,’ दूतावासले भनेको छ ।
३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति १२ औं र १५औं शताब्दीबिचको रहेको अनुमान छ । हराउनुअघि पाटनमा थियो । नर र नारीको संयुक्त स्वरूप रहेको देवताको यो दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ ।
नेपालबाट चोरिएका कलाकृतिको खोजीमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले तस्बिरको माध्यमबाट यो मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको पत्ता लगाएको अमेरिकी दुतावासले जनाएको छ ।
हराएको ६ वर्षपछि लिलाम बिक्री भएको यो मूर्ति डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो ।
केही दिनअघि अमेरिकामा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेपछि मूर्ति नेपाल फर्काउने प्रकृया सुरु गरिएको थियो ।

चोरी भएका सम्पदाहरु फिर्ता गर्ने अमेरिकी नीति अनुसार नेपाललाई दिइएको बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४० बजे