१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ जना मृत अवस्थामा फेला




४ वैशाख ०७७, काठमाडौं । काठमाडौंमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ साईराम चोक र काठमाडौं १६ वालाजुमा छुट्टा छुट्टै स्थानमा उनीहरु मृत अवस्थामा फला परेका हुन् ।
काठमाडौं महानगरपालिका ३२ साईराम चोक स्थित एभरेष्ट फुटवेयरका कामदार बस्ने ट्रसले बनेको घरको दोस्रो तलाको कोठामा बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित डिएमएस बुट इन्ड्रस्ट्रिजमा काम गर्ने भारत उन्नउकापुर घर भएका ३४ वर्षीय श्याम मिश्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौं महानगरपालिका १६ बालाजु पार्कको चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।