१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सेतो मच्छिन्द्रनाथको रथलाई लगन टोलमा ल्याइयो



वर्षा र सहकालकका देवता मानिने सेतो मच्छिन्द्रनाथको जात्रा मङगलबार घण्टाघरमा रथमा सेतो मच्छिन्द्रनाथको देवता राख्दै । तस्वीर : रोशन सापकोटा\रासस

ललितपुर खबर १० वैशाख ०७७, ललितपुर । सेतो मच्छिन्द्रनाथको रथ यात्राको क्रममा आज रथलाई ललितपुर लगन टोलमा रहेको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गराइँदै छ ।

बिहीबार रथलाई हनुमानढोकाबाट तानेर लगन पुर्याइएको हो । यसरी लगनमा रथ पुर्याएपछि मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिने चलन अनुसार आज दिउँसो परिक्रमा गराइने सेतो मच्छिन्द्रनाथका पुजारी पूर्ण रत्न बज्राचार्यले बताए ।
शनिबार मूर्तिलाई खटमा राखेर केलटोलमा रहेको मन्दिरमा फर्काएपछि यो वर्षको सेतो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट रथयात्रा सुरु गरिन्छ भने रथयात्राको पहिलो दिन असन र दोश्रो दिन हनुमानढोकामा राखिने परम्परा छ ।

यसवर्ष गएको वैशाख ७ गतेबाट रथयात्रा सुरु भएको हो । सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ३६ बजे