१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना बढेपछि ललितपुर मालपोलमा आलोपालो सेवा




१३ वैशाख ०७७,ललितपुर । कोरोना भाइरस फैलिदै गएपछि मालपोत कार्यालय ललितपुरले कार्यालयमा भीडभाड कम गर्न आज सोमबारबाट भूगोलको आधारमा आलोपालो सेवा प्रदान गर्ने भएको छ ।
तालिका अनुसार आइतबार झरुवाराशी,सुनाकोठी,डुकुछाप देवीचौर, हरिसिद्धिका बासिन्दाले जग्गासम्बन्धि काम गर्न सक्नेछन् । सोमबार ठैव,बाँडेगाँउ, खोकना,विष्टछाप र लामाटारका लागि सेवा सुचारु हुनेछ भने मंगलबार भारदेउ,माल्टा, भट्टेडाँडा, बडिखेल, इकुडोल र आश्राङ, घुसेल,प्युटार, चौघरे, नल्लु,बुङमती र ललितपुर महानगरपालिकाका स्थानीयले सेवा पाउनेछन् ।
बुधबार लुभु,टिकाथली, इमाडोल, सैवु विहीबार गोदामचौर,सानागाँउ, चापागाँउ र ठेचोबासीलाई मालपोल कार्यालयले सेवा दिने भनेको छ भने शुक्रबारकिटिनी, धापाखेल छम्पी देविचौर र लेलेबासीका लागि तालिका बनाएको छ ।
मालपोत कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गरी मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ०२ बजे