३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञाकाबीच ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ निर्माण



यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।

वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए । यसैबीच वैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो मंगलवार गुप्तबासबाट निकालिँदैछ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले दुई साताको लागि गत बिहीबार जारी गरेको निषेधाज्ञाका क्रममा शुक्रबार पुल्चोक क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथ बनाइँदै । तस्वीर : रासस १८ वैशाख ०७८, ललितपुर । कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएर आठौं दिनमा मर्मतसम्भार गरिने परम्परा अनुसार मंगलवार गुप्तबासबाट निकालेर मर्मत सम्भार गरिने पुजारी कपिल बज्राचार्यले बताए । यसपालि रातो मच्छिन्द्रनाथलाई आउँदो २९ गते रथारोहण गरिने छ भने जेठ १ गतेबाट रथयात्रा सुरु हुनेछ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।