८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको निषेधाज्ञा : हिँड्नेलाई जरिवाना, टिपरलाई छुट



दृश्य एक
केही दिनअघि चापागाँउका एक युवालाई विना काम हिडेको भन्दै प्रहरीद्वारा केही घण्टा उभिन लगाएर सझाय दिइयो । फर्कने बेलामा १ सय रुपैया जरिवाना तिरेर उनी छुटे । अहिले पनि चापागाँउमै विनाकाम हिड्ने युवालाई अवदेखि नहिड्नु भनेर केरकारपछि छोडिन्छ ।
दृश्य दुई
सुनसान चापागाँउ सडकमा केही दिनदेखि टिपरको लस्कर गुड्छ । प्याङ्कगाँउमा प्रहरी टोलीले धेरै गाडी जाँच समेत गर्दैन । दिनमा मात्रै होइन रातभर टिपरको लस्कर विना अवरोध गुडिरहेका छन् ।
अनौठा लाग्ने यस्तो नियम आजकल ललितपुरमा लागू छ । गत वैशाख १५ गते जिल्ला प्रशासन कार्यालयद्वारा कोरोना माहामारीपछि जारी निषेधाज्ञामा टिपर चल्ने उल्येख थिएन । २१ गते जारी निषेधाज्ञामा स्थानीय तहको सिफारिसमा विहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न सक्ने उल्येख छ ।
जिल्ला प्रशासनबाटै जारी गरिएका अनावश्यक हिडडुल गर्नेलाईे जरिवाना रसिदमा एक सय रुपैयाँ उल्येख गरिएको छ ।


निषेधाज्ञाको २ दिनसम्म बन्द यहाँका क्रसर र खानी जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पास दिएर चलाउने निर्णय गरेपछि चल्न थालेको गोदावरी ६ का वडाध्यक्ष विष्णुमान महर्जनले बताए । उनले भने, ‘पास भएका दिउँसो चल्छन् । नभएका राती १० बजेदेखि ६ बजेसम्म चल्छन् ।’
देशभर कोरोना माहामारीको संकटमा बस्तीको बीचमा रहेका लेले टिकाभैरव क्षेत्रका क्रसर निर्वाद संचालनमा छन् । प्रशासनको निषेधाज्ञामा न्युनतम आवासिय कर्मचारी राखेर स्वाथ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्नसक्ने उल्येख छ ।
टिकाभैरव प्रहरी चौकीका प्रमुख नरेन्द्रप्रसाद बडुका अनुसार स्थानीय निकाय र जिल्ला प्रशासनको पासको आधारमा केही टिपर चलेको छ । उनले भने, ‘नजिक भए पास चाहिदैन । टाढाका लागि जिल्ला प्रशासन र आयोजनाको पास चाहिन्छ ।’
पछिल्लो समय खानी बन्द भए पनि निरन्तर आवासिय कर्मचारीविनै क्रसर चलेको भन्दै स्थानीयबासीहरु क्रसर समेत बन्द गर्न माग गरेका छन् । टिपरमा टाढा टाढाका मान्छे आउने र कोरोना संक्रमणको त्रास बढेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
चापागाँउमा एक टिपर चालकले टिपर चलाउन साहुले पास मिलाइदिने गरेको बताए । भने, ‘कोरोना भए हामीलाई हुने हो । साहूलाई फोन गरे भैहाल्यो । काम गर्दिन भन्न मिलेन । जागिर गैहाल्छ ।’
चापागाँउ प्याङ्गाँउमा ट्युटीमा खटिएका एक प्रहरीले नाम नबताउने शर्तमा जिल्ला प्रशासन र नगरपालिकाहरुले जारी गरेको पासको आधारमा टिपरहरुलाई छोडिएको बताए । भने, ‘सबैले प्रशासनको छाप लगाएका पास देखाउदै आउछन् । त्यसैले हामीले छोडिदिएका छौं ।’
‘आपत परेर हिडेका मान्छेलाई थर्काउनु परेको छ । साहूका गाडी रोकिन्न । के गर्नु आदेश मान्नै प¥यो ?’उनले प्रतिप्रश्न गरे ।
निषेधाज्ञाको समयमा रातभर टिपर चलेर सुत्नै डिस्टर्व भएको चापागाँउका राज महर्जनले बताए । उनले भने, ‘कोरोना माहामारी छ । सर्वसाधारणलाई सडकमा हिड्न दिइएको छैन । साहुलाई एउटा नियम गरिवलाई अर्को नियम लगाइएको छ । राज्यले एउटै नागरिकलाई फरक फरक व्यावहार गरेको राम्रो भएन ।’
टिकाभैरवका दिनेश घिमिरेले कोरोना संक्रमण उच्च भएको ठाँउका मान्छे टिपर चलाएर आउदा गाँउमा त्रास भएको बताए । उनले भने,‘रोजगारीका लागि गाँउका मान्छे क्रसरमा गाँउका हुन्छन् । हामीलाई डर भयो ।’
गोदावरी ६ का वडाध्यक्ष विष्णुमान महर्जन जिल्ला र नगरका पदाधिकारीहरु बसेर निर्णय गरेकाले क्रसर सञ्चालन भएको बताए । भने, ‘वडाबासीको स्वास्थ्यका विषयमा आफूले सोचर केही नहुने,माथिको निर्णयको आधारमो काम नरोक्ने भनेपछि चलाइएको हो ।’
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले वडाका निर्माणका कामका लागि बाहेक आफूहरुले पास जारी नगरेको बताए । उनले भने, ‘विकाश निर्माणको काम नरोक्ने प्रशासनको निर्णयपछि २ दिनपछि खोलिएको हो ।’
ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निर्माण कम्पनी र स्थानीय निकायको सिफारिस भएमात्र निर्माणका सामाग्री बोकेको गाडी चल्न पाउने ललितपुर खबरलाई जानकारी दिए । भने, ‘हामीले पास जारी गरेका छैनौं । तपाई नै पास मागेर हेर्नुस् न ।’

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ०६ बजे