४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमीको नेपाल कोरिया अस्पतालमा अक्सिजन प्लान्ट स्थापना




२९ वेशाख ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ । नगरपालिकाले करीब रु ६० लाखका लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज बुधबार जानकारी दिएका छन् ।
अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेको र दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण शुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।