१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरथिमि नगरद्वारा सञ्चालित कोरिया अस्पतालबाट अक्सिजन उत्पादन सुरु



फाइल तस्विर

३१ वैशाख ०७८,मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।
नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष(आईसियु), हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब अस्पताललाई ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।