२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालको अक्सिजन प्लान्ट मर्मतको माग गर्दै युवा संघ ललितपुरको ध्यानाकर्षण




ललितपुर खबर
४ जेठ ०७८, ललितपुर । राष्ट्रिय युवा संघ ललितपुरले पाटन अस्पताल प्रशासनमा विग्रेको अक्सिजन प्लाण्ट मर्मत गरी सुचारु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ ललितपुरका संयोजक चिन लामाको नेतृत्वमा पाटन अस्पताल पुगेको टोलीले अस्पतालका निर्देशक डा. रवि शाक्यलाई ज्ञापन पत्र बुझाएको ललितपुर खबरलाई जानकारी दिए ।
केही बर्षदेखि विग्रेर अलपत्र अवस्थामा रहेको प्लाण्ट अक्सिजन अभावमा अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि मर्मत गरी सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको लामाले बताएका छन् ।
केही समय अघि ललितपुर महानगरले बजेट विनियोजन गरेको भए पनि यो अक्सिजन प्लाण्ट मर्मत भएको थिएन ।

पाटन अस्पतालमा ३ सय बेड क्षमता भए पनि अक्सिजनको अभावमा २ सय विरामी मात्रै भर्ना गर्न सक्ने अवस्थामा रहेकोले अस्पतालले अक्सिजन प्लाण्ट नयाँ नै स्थापना गर्ने योजना बनाएको निर्देशक शाक्यले ज्ञापन पत्र बुझ्दै बताएका थिए । उनले भने, ‘पुरानो बनाउदा १ सय बेडलाई मात्रै अक्सिजन पुग्छ । तर अहिले ३ सय बेट नै चालु गर्नु पर्ने अवस्था छ ।’
सरकारले सबै अस्पताललाई अस्सिजनको व्यवस्थ गर्न बजेट विनियोजन गरेको सन्र्दभ उल्येख गर्दै शाक्यले भने, छिट्टै हवाई जहाजबाट प्लान्टको लागि सरसामान ल्याएर भए पनि ३ सय बेडलाई पुग्ने प्लान्ट सञ्चालन गरेर अक्सिजनको व्यवस्था गर्छौं ।
शाक्यले ३० प्रतिशतसम्म विग्रेको अवस्थामा पुरानो अक्सिजन प्लाण्ट मर्मत गर्न उचित हुने बताउदै भने, ५० प्रतिशत भन्दा धेरै विग्रेको छ । नयाँ स्थापना गर्दा राम्रो हुन्छ ।
ललितपुरको एक मात्र भरपर्दो अस्पतालको रुपमा रहेको पाटन अस्पतालमा अक्सिजन नहुँदा विरामीलाई समस्या परेको जनगुनासो आएपछि आफूहरुले अक्सिजन प्लाण्ट मर्मतको माग लिएर अस्पताल पुगेको संयोजक लामाले बताए । उनले भने, ‘आवश्यक परेको खण्डमा हामी अस्पताललाई ’्स्वयम्सेवी उपलव्ध गराउन तयार छौं ।’

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।