७ जेठ ०७८, ललितपुर । ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको छ ।
शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।
यसअघि विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी lalitpurmetroedu@gmail पठाउन निर्देशन दिइएको छ ।
प्रतिक्रिया