२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा ४ हजार ६ सय कोरोना संक्रमित



 


१५ जेठ ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा अहिलेसम्म ४ हजार ६ ७१ जनामा कोरोना संक्रमण भेटिएको छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना संक्रमणपछि अहिलेसम्म ४० जनाको मृत्यु भएको छ ।
यस नगरमा ३ हजार ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नगरभित्र ९८३ जना कोरोना सभिय संक्रमित रहेका छन् भने ४८ जन अस्पतालमा भर्ना भएका छन् ।


महालक्ष्मी ४ स्थित इमाडोल सितापाखा वरपरको बस्तीमा कोरोना संक्रमणको ज्यादा देखिएको छ । यहाँ अहिलेसम्म संक्रमणपछि ७ जनाको मृत्यु भएको छ । १ हजार ११३ जना संक्रमित भेटिसके भने गरपालिकाको वडाकै धरै २६७ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा कम संक्रमित फेला परेको क्षेत्र लाकुरी भञ्ज्याङ हो । यहाँ कोरोना संक्रमणपछि कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्मकै वडाहरुको थोरै ३२ जना संक्रमित भेटिएका छन् । यहाँ कसैको पनि अस्पताल लगेर उपचार गर्नुपरेको छैन । तर ९ जना मात्रै कोरोनाबाट निको भएका छन् । अझै २३ जना कोरोना संक्रमित छन् ।
दोश्रो धेरै कोरोना संक्रमित इमाडोलस्थित कृष्णमन्दिर वरपरको क्षेत्रमा छन् । यहाँ अहिलेसम्म ८ सय संक्रमित फेला परेका छन् । यहाँ ४ जना संक्रमितको मृत्यु भइसकेको छ भने १० जान अझैं अस्पतालमा उपचार गरिरहेका छन् ।
दोश्रो कम कोरोना संक्रमित चाङ्गाथलीमा छन् । यहाँ अहिलेसम्म १८१ जना संक्रमित भेटिएका छन् ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : ३७ बजे