१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी



१८ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक आज बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ  प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ  ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।