१९ जेठ ०७८, ललितपुर । ललितपुरको गोदावरीमा ५ वर्षीया बालिकालाई वलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ गोदावरी मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदा रहेको प्रहरीले जानकारी दिएको छ ।
गोदावरी नगरपालिका ३ मोतिचौरमा निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई बताल्कार गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको बताइएको छ ।
उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
प्रतिक्रिया