८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


काठमाडौंपछि दक्षिण ललितपुरमा फैलियो कोरोना




ललितपुर खबर
२९ जेठ ०७८, चापागाँउ । कोरोनाको पहिलो चरणमा खासै प्रभाव नपारेको दक्षिण ललितपुरमा दोश्रो चरणमा कोरोना संक्रमणले नराम्रोसँग गाँजेको छ । कोरोना परिक्षण र गाँउ गाँउमा विरामीको संख्या निरन्तर बढ्दै जाँदा कोरोना काठमाडौंबाट दक्षिण ललितपुरतर्फ फैलिएको देखिएको हो ।
काठमाडौंको तुलनामा न्युन जनसंख्या रहेको आधारमा पनि दक्षिण ललितपुरका भेटिएको कारोना संक्रमण डरलाग्दो रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमणको सुरुका दिनमा विवाह र भतेरमा उफर बजाएर नाच्दा कोरोनाले नाङ्गो नाच देखाएको स्थानीयहरु बताउछन् ।
दक्षिण ललितपुरका कोरोना फैलनुमा विवाह भोजसँगै शहरसँग निरन्तर सम्बन्ध राख्नेहरुले बढाएको अनुमान छ । दक्षिण ललितपुरमा आवागमनमा नियन्त्रण खासै नहुनु, कृषिमा आधारित अर्थतन्त्र रहनु र कोरोना संक्रमण भए पनि शहरबाट गाँउ जाने र अनुशासनमा नबस्ने प्रवृतिका कारण बढेका धेरैको बुझाई छ ।
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकामा कोरोना विहीबार भएको परिक्षण पछि १९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । गोटिखेलमा भएको १०१ जनाको एण्टिजेन परिक्षणको क्रममा १९ जनामा संक्रमण देखिएका महाकाल ३ का वडाध्यक्ष गंगाराम तिमल्सिनाले बताए ।
कोरोनाको दोश्रो लहर फैलिएसँगै गाँउपालिकामा बैशाख १६ गते पहिलो केस देखिएको थियो । अहिलेससम्म गाँउपालिकामा १३१ जनामा संक्रमण देखिएको छ भने अन्य निको भए पनि ४१ जना अझै संक्रमित छन् । कोरोना संक्रमणपछि यस पालिकामा ३ जनाको मृत्यु भइसकेको छ ।
गाँउपालिकामा अहिलेसम्म ५५१ जनामा परिक्षण गरिएकोमा २२ प्रतिशत भन्दा धेरै संक्रमित पाइएको छ ।
गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र चन्द गाँउपालिकाका समुदायमा कोरोना फैलिसकेको आशंका गछ्र्रन् । भन्छन्, ‘गाउपालिकाको ३ नम्बर वडास्थित माथिल्लो गोटिखेलमा परिक्षण गर्दा भयावह नतिजा देखियो । हामी कन्ट्याक टे«सिङ्ग गर्दैछौं ।’


चन्दका अनुसार तामाङ्ग समुदायको बाहुल्य रहेको यस ठाँउमा बढ्दो घुलमिल हुने आचरणका कारण कोरोना फैलिएको हुनसक्ने बताए । माहाकाल ३ का वडा सदस्य सुशीलचन्द्र घिमिरे पछिल्लो समय कोरोना फैलिएको आशंका गरिएको समुदायमा कन्ट्याक ट्रेसिङमा दौडघुप गरिरहेको उनले बताए ।
पछिल्ला दिनमा दक्षिण ललितपुरकै अर्को गाँउपालिका कोञ्ज्योसोमको अवस्था पनि नाजुक छ । यस गाँउपालिकामा ५ जना संक्रमितको मृत्यु भइसको छ ।
कोञ्ज्योसोम गाँउपालिकामा वैशाख महिनामा भएको विवाहका कार्यक्रमले कोरोना संक्रमण ह्वात्तै बढेको स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महत्तो बताउछन् । कोरोना संक्रमण बढ्दै गर्दा गाँउमा उफर बजाएर भोजमा नाचेपछि कोरोना बढेको हो । बौशाखसम्म ५\६ वटा मात्रै केश रहेको यस गाँउपालिकामा पछिल्लो समय यसको ग्राफ बढ्दै गएको हो । तामाङ्ग समुदायको बाहुल्य रहेको यस गाँउपालिकाको वडा नं. ४ नल्लुमा २ जना, वडा नं.५ भारदेउमा २ जना र वडा नं. १ शंखुमा १ जनाको मृत्यु भइसकेको महत्तोले बताए । कोज्योसोममा अहिलेसम्म ९० जनाका कोरोना सक्रमण भेटिसकेको छ ।


स्वास्थ्य संयोजक महत्तोका अनुसार आउपालिकामा अहिलेसम्म २१२ जनाको परिक्षण गरिएको छ । यस आधारमा गाँउपालिकामा ४२ प्वाइन्ट ४५ प्रतिशत कोरोना संक्रमण भेटिनु खतराको संकेत हो ।
उनका अनुसार चौघरेस्थित कार्यालयमा आइतबार र बुधबार कोरोना जाँच गर्ने गरिएको छ । डाक्टरको सिफरिस अनुसार आवश्यक पर्दा फिल्डमा गएर कन्ट्याक ट्रेसिङ्ग पनि हुने गरेको छ ।
गतविहीबार मात्रै वडा नं. ५ भारदेउमा एक बृद्धाको संक्रमणपछि मृत्यु भएपछि नेपाली सेनाको सहयोगमा प्रकृया पु¥याएर दाहसंस्कार गरिएको थियो । गाँउपालिकाले चौघरेमा १५ बेडको आइसोलेशन सेन्टर तयार गरेर राखेको छ ।
वागमती गाँउपालिकामा पनि कोरोना संक्रमणको अवस्था नाजुक रहेको गाँउपालिकाका सवास्थ्य संयोजक नवराज तिमल्सिना बताउछन् । भन्छन्, ‘जहाँ परिक्षण गर्छौ ५० प्रतिशत भन्दा धेरैमा कोरोना देखिन्छ । जहाँ विरामी छन् त्याँहा जाँच्ने गरेका छौं ।’ वागमतीमा अहिलेसम्म कोरोना संक्रमणपछि वागमती २ माल्टामा १ जना र वडा नं. ४ प्युटारमा १ जनासहित २ जनाको मृत्यु भइसकेको उनले बताए । भने, गाँउपालिकाभर ५० जनाभन्दा धेरै कोरोना संक्रमित छन् । २ जना प्युटारस्थित थाङसिटार कोरोना अस्पतालमा उपचार गरिरहेका छन् ।
उनका अनुसार गाँउपालिकाले ३ सयभन्दा धेरैको कोरोना परिक्षण गरिसकेको छ । यस अधारमा वागमतीमा १७ प्रतिशत हाराहारी कोरोना भेटिएको मान्न सकिन्छ । तर यो तथ्याङ्कभन्दा धेरै रहेकोयहाँका स्वास्थ्यकर्मीहरुको राय छ ।
यस क्षेत्रमा विवाहका कारण कोरोना संक्रमण फैलिएको गाँउपालिकाको आशंका छ । स्वास्थ्य संयोजक तिमल्सिना शहरबाट दक्षिण ललितपुर पस्नेमा धेरै जनाले कोरोना लगेको बताउछन् । ‘धेरैजस्तो पसल,दुधको कारोवार सवारी चालकमा कोरोना देखिएको छ’ उनले भने ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : २२ बजे