३ असार ०७८, ललितपुर । विहीबार ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० बर्षिय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतको वैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादीको लगतको सूचिमा हिरा महर्जनलाई ३ बर्ष कैद र १ करोड पन्ध्रलाख अठ्तिस हजार रुपैयाँ कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
महानगरिय प्रहरी प्रभाग चापागाँउबाट प्रहरी निरिक्षक राजेन्द्र थापाको टोलीले महर्जनलाई उनकै निवासबाट पक्राउ गरि ललितपुर जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।
३ असार २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया