१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर हरिसिद्धि क्षेत्रमा विप्लवको कम्युन घर बन्दै



२१ असार ०७८, ललितपुर । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो । ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ ।  कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ ।

गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ्चालन, भेटघाट थलो मात्रै होइन खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेडक्वार्टरलाई आत्मनिर्भर बनाउने सपनासहित जग्गा लिजमा लिएको स्रोतले बतायो ।

यो समाचार साँधु साप्ताहिकमा छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।