१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर हरिसिद्धि क्षेत्रमा विप्लवको कम्युन घर बन्दै



२१ असार ०७८, ललितपुर । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो । ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ ।  कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको बुझिएको छ ।

गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ्चालन, भेटघाट थलो मात्रै होइन खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेडक्वार्टरलाई आत्मनिर्भर बनाउने सपनासहित जग्गा लिजमा लिएको स्रोतले बतायो ।

यो समाचार साँधु साप्ताहिकमा छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।